Description
नेपालको संविधानको धारा ५६(२) बमोजिम राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले कानून बमोजिम हुने ब्यवस्था रहेको र धारा १७५ बमोजिम पहिलो हुने निर्वाचित र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यबाट प्रदेश सभाको गठन हुने प्रावधान मुताविक संविधानको अनुसूची ४ बमोजिम उल्लेखित ८ जिल्ला (सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा) का १०७ जना माननीय सदस्यहरू सम्मिलित प्रदेश नं. २ प्रदेशभा गठन भएको हो । यस प्रदेश सभाको पहिलो बैठक २०७४ साल माघ २१ गते बसेको थियो । पहिलो हुने निर्वाचनबाट निर्वाचित ६४ जना, समानुपातिकबाट ४३ जना गरी जम्मा १०७ माननीय सदस्यहरू रहनु भएको छ । प्रदेश नं. २ प्रदेश सभाका सभामुखमा माननीय श्री सरोज कुमार यादब, उपसभामुखमा माननीय श्री उपमा कुमारी देव हुनहुन्छ ।
Location
Janakpur, Nepal
Add a review