Description

नेपालमा श्रमको मर्यादित र सुरक्षित व्यवस्थापनबाट रोजगारी सृजना, रोजगारीका लागि सीपयुक्त आवश्यक जनशक्तिको विकास, श्रमको क्षेत्रमा सामाजिक सुरक्षा र व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको प्रवर्द्धन, बालश्रम निवारण लगायतका काम मन्त्रालयबाट हुँदै आएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनु र वैदेशिक रोजगारबाट आर्जित सीप,प्रविधि र पुँजीको उपयोगबाट आन्तरिक रोजगारी प्रवर्द्धन गर्नु पनि यसै मन्त्रालयको जिम्मेवारी रहेको छ ।

मन्त्रालयको स्थापना हुनु अघि वि.सं.२०२८ मा श्रम सम्बन्धी मामिला हेर्न उद्योग मन्त्रालय अन्तर्गत श्रम विभागको स्थापना भएको थियो । श्रम विभाग स्थापना भएको एक दशक पछि वि.सं. २०३८ मा श्रम तथा समाजकल्याण मन्त्रालयको स्थापना भयो । नेपाल सरकारबाटको कार्यविभाजन नियमावली परिवर्तन भर्इ वि.सं.२०५२ मा समाज कल्याणको क्षेत्र अलग गरी श्रम मन्त्रालय मात्र कायम भएकोमा वि.सं.२०५७ मा यातायात व्यवस्थापनको क्षेत्र समेत समायोजन भइ श्रम तथा यातायात व्यवस्था मन्त्रालय कायम हुन गयो । यसै क्रममा वि.स.२०६९ मा यातायात व्यवस्थाको क्षेत्र अन्यत्र लगि श्रम तथा रोजगार मन्त्रालय नामाकरण भयो । पुनः मिति २०७४।१२।०३ मा कार्यक्षेत्र विस्तार भर्इ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय कायम भएको छ ।

Contact business

Error: Contact form not found.

mood_bad
  • No comments yet.
  • Add a review