Description

नेपालमा कृषि विकास कार्यक्रम कार्यान्वयनको संस्थागत विकासको थालनी विक्रम सम्वत् १९७८ मा चारखालमा स्थापित कृषि अड्डाबाट शूरु भएको पाईन्छ। वि.सं. १९८२ मा सिंहदरबार परिसरमा कृषि प्रदर्शन फार्म र वि.सं. १९९४ मा कृषि परिषदको गठन भए पछि देश भित्र कृषि फार्महरु खोल्ने, सर्वेक्षण कार्यहरु गर्ने जस्ता कार्यहरु थप हुँदै गएको थिए। त्यसै गरि वि.सं. १९९८ मा त्रिपुरेश्वरमा भेटेरिनरी अस्पतालको स्थापना भई वि.सं. २००० मा मकवानपुरको चित्लांग र नुवाकोटको ककनीमा भेडा फार्मको स्थापना गरि पशु सेवाको विकासको प्रारम्भ भएको थियो। नेपालमा वैदिककाल देखिनै भूमिलाई राज्यको अधिनमा राखी भूमिको उपयोग गर्नेले निश्चित कर राज्यलाई बुझाउनु पर्ने प्रचलन थियो। राजा रामशाहले जग्गा प्रशासनमा हले, पाटे, कोदाले, माटो मुरी, विजन, माना आदिको आधारमा जग्गाको ईकाई तोकी लगत राख्ने व्यवस्था गरेका थिए भने राजा जयस्थिति मल्लले जग्गा नाप जाँच गराउने र विर्ता जग्गा विक्रि गर्न र बन्धक राख्‍न पाउने नियम बसालेका थिए। नेपालमा यसरी कृषि पशु सेवा, भूमि सुधारको शूरुवात भएको र समयको माग अनुसार क्रमिक रुपमा विकासको आयामहरु थपिदै गई हालको अवस्थामा कृषि, पशु सेवा, भूमि सुधार तथा सहकारीले आफनो छुट्टै पहिचान स्थापित गरेको छ।

Follow us
Not Available
Today's work schedule is not available
  • Monday

    10:00 am - 5:00 pm

  • Tuesday

    10:00 am - 5:00 pm

  • Wednesday

    10:00 am - 5:00 pm

  • Thursday

    10:00 am - 5:00 pm

  • Friday

    10:00 am - 5:00 pm

  • Saturday

    N/A

  • Sunday

    10:00 am - 5:00 pm

  • February 1, 2025 8:30 pm local time

Contact business

Error: Contact form not found.

mood_bad
  • No comments yet.
  • Add a review