Description
उर्लावारी मोरङ जिल्लामा पर्ने एउटा सहर हो । उर्लावारी बजार रहेको ठाँउलाई को केन्द्र बनाइएको छ । [१]
यो नगरपालिका २०७१ जेष्ठ ४ देखि लागू हुने गरी बनाइएको हो । यसलाई नगरपालिका घोषणा गर्दा एक्लै उर्लावारी गाउँ विकास समितिलाई मात्रै समावेश गरिएको छ । आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा उर्लावारी पनि नगरपालिका बनेको हो तर यो हाल कार्यान्वयनमा आएको हो । उर्लाबारीको पुर्बतर्फ दमक,पश्चिमतर्फ इटहरी ,उत्तरतर्फ मधुमल्ला र दक्षिणतर्फ इटहरा छ । उर्लाबारीमा हाल नौ वार्ड छन् । यो ठाउँमा सबै खालको मानिसको बसोबास छ । स्थानिय तह पुर्नसंरचना हुँदा उर्लावारीसँग साविक राजघाट गाविस र साविक मधुमल्लाको ७,८ र ९ नम्बर वडा गाभिएका छन् । साविक राजघाट गाविस हाल उर्लावारी वडा नम्बर ८ र ९ रहेको छ भने साविक मधुमल्लाको ७,८ र ९लाई उर्लावारी वडा नम्बर १ कायम गरिएको छ । उर्लावारीलाई सीमसारको सहर भनेर घोषणा गरिएको छ । यहाँ विभिन्न ५ वटा प्राकृतिक सीमसारीय क्षेत्रहरु छन् । उर्लावारीको मुख्य ठाँउहरूमा उर्लावारी चोक, मंगलबारे चोक, दुर्गापुरी, हाटखोला, बरगाछी, स्कुलडाँडा आदि हुन् । यहाँ करिब ७० हजारको जनसङ्ख्या छ ।
Add a review