Description

यस गाउँपालिकाको जम्मा क्षेत्रफल ७५.९८ वर्ग किलोमिटर रहेको छ भने चौतर्फी सिमानामा पूर्वमा भोक्राहा गाउँपालिका, पश्चिममा सप्तरी जिल्ला, उत्तरमा बराह नगरपालिका र दक्षिणमा भारत रहेको छ | केन्द्रीय तथ्यांक विभाग राष्ट्रिय जनगणना २०६८ अनुसार यस गाउँपालिकाको जम्मा घरधुरी ८५४३ र जम्मा जनसंख्या ४३६२६ मध्ये पुरुष २१९५४ र महिला २१६७२ रहेको छ | नेपालको संबिधान (२०७२) बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुन: संरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिबेदन नेपाल सरकारले परिमार्जन गरि २०७३ फाल्गुन २७ गतेबाट स्थानीय तह लागु गर्ने निर्णय अनुसार नेपालको पूर्वान्चल विकास क्षेत्र अन्तर्गत कोशी अंचलको ६ जिल्लाहरु दक्षिण पश्चिममा रहेको सुनसरी जिल्लाको साबिकका गा.बि.स. हरु लौकही,पश्चिम कुशाहा, श्रीपुरजब्दी र हरिपुर समायोजन गरि कोशी गाउँपालिका गठन गरिएको हो यस गाउँपालिकाको साबिक पश्चिम कुशाहा र हरिपुर गाबिसलाई दुइ दुइ वटा वडामा विभाजन गरिएको छ भने श्रीपुरजब्दीलाई तीनवटा वडामा विभाजन गरि कूल ८ वटा वडा बनाइँएको छ |

 

कोशी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
लौकही, सुनसरी

फोन नं: ०२५ ४०१०६५

Toll free no. 1618025401065

Email: koshigaupalika@gmail.com

Location

H3X7+7CX Laukahi, Nepal

Contact business

Error: Contact form not found.

mood_bad
  • No comments yet.
  • Add a review