Description

पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी, विराटनगरको स्थापना मिति २०७९/१०/06 गते  भएको हो । यस मन्त्रालय मिति २०७४/१०/२९ मा स्थापित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट मिति २०७८/१०/१६ गते देखि वन, वातावरण तथा भू-संरक्षण मन्त्रालयको रुपमा संचालन भइ पुनः संयोजन भइ  स्थापना भएको हो । वि.सं. २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधानमा व्यवस्था भए बमोजिम देशलाई संघीय ढाँचामा लगेर पुन:संरचना गर्ने उद्देश्यका साथ ७ वटा प्रदेशहरु स्थापना गरिएको छ । यसमध्ये पूर्वी नेपालको १४ जिल्ला समेटिएको यस प्रदेशमा २०७९/10/6 गते प्रदेश राजपत्रमा प्रकाशित प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७९ अनुसार ९ वटा मन्त्रालयहरु स्थापना भएका छन् । यस मन्त्रालयको कार्यक्षेत्रको रुपमा पर्यटन, वन, वन्यजन्तु, वन पैदावर, भू-संरक्षण, जलवायु परिवर्तन, वातावरण र जैविक विविधताका विषयक्षेत्रका ४१ वटा कार्यविवरणहरु रहेका छन् ।  यस मन्त्रालयको मातहतमा प्रदेश वन निर्देशनालय, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र,  डिभिजन वन कार्यालयहरु, भू तथा जलाधार व्यवस्थापन कार्यालयहरु, पर्यटन विकास आयोजना, जलाधार व्यवस्थापन तथा कार्यक्रम कार्यान्वयन इकाई र पर्यटन कार्यालयहरु रहेका छन् ।

Not Available
Today's work schedule is not available
  • Monday

    10:00 am - 5:00 pm

  • Tuesday

    10:00 am - 5:00 pm

  • Wednesday

    10:00 am - 5:00 pm

  • Thursday

    10:00 am - 5:00 pm

  • Friday

    10:00 am - 5:00 pm

  • Saturday

    N/A

  • Sunday

    10:00 am - 5:00 pm

  • February 1, 2025 5:48 pm local time

Contact business

Error: Contact form not found.

mood_bad
  • No comments yet.
  • Add a review