Description
संघीय गणतन्त्र नेपालको संविधान, २०७२ ले नेपाललाई एकात्मक राज्यप्रणालीबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्रको रूपमा संस्थागत रूपान्तरण गरेको छ । नयाँ संरचना अनुसार नेपाललाई संघ, ७ प्रदेश र ७५३ स्थानीय तहमा पुनर्संरचित गरिएको छ ।यी सातवटा प्रदेश मध्ये नेपालको मध्य पूर्वी तराईका सप्तरीदेखि पर्सासम्मका आठवटा जिल्लाहरु मिली बनेको प्रदेश नं. २ नेपालको सबैभन्दा सानो प्रदेश हो । समतल भूभाग भएको यो प्रदेशले नेपालको प्रदेश १ र ३ तथा भारतको बीचमा अवस्थित छ । मधेशी बाहुल्यता रहेको यो प्रदेशमा अत्यधिक जनघनत्व रहेको छ । यो कृषि, उद्योग, पर्यटन, भन्सारका लागि धेरै महत्वपूर्ण छ । तथापि यो जलविधुत आयोजना विहिन प्रदेश हो । यहांका प्रमुख बजारहरुमा बिरगंज, जनकपुर, राजबिराज, लाहान, मिर्चैया, जलेश्वर, बर्दिबास, मलंगवा, कैलैया, चन्र्दनिगाहपुर, सिमरा पर्दछन ।
अधिकार र पहिचानका लागि पटक पटक आन्दोलन भएको यो प्रदेशमा तराईका अधिकाशं जातजातिको बसोबास रहेको छ । शिक्षा, स्वास्थ्य तथा मानव विकास सुचकमा धेरै पछाडी परेको यो प्रदेश गरीबीले आक्रान्त छ ।
समथर भूभाग, धेरै जनसंख्या, उच्च प्रतिव्यक्ति आयु, प्रशस्त खेतीयोग्य जमिन, देशको कुल ग्रार्हस्थ उत्पादनमा कृषि, मत्स्यपालन र उद्योगको क्षेत्रगत योगदान बढी रहेको यस प्रदेशमा समृद्धिका धेरै सम्भावनाहरु रहेका छन् ।
स्थापनाः असोज ३, २०७२
राजधानीः जनकपुर (अस्थायी)
कुल जनसंख्याः ५,४०४,१५४
कुल क्षेत्रफलः ९६६१ बर्ग कि.मी.
जनघनत्वः ५५९ प्रति वर्ग कि.मी.
मानव विकास सुचांकः ०.४८५ (न्युन)
प्रतिव्यक्ति आयः ९२२ USD
साक्षरताः ४९.५४ %
गरिबी : २८%
खानेपानीमा पहुँचः ९२.५%
विद्युतमा पहुँचः ५९.९%
कुल गार्हस्थ उत्पादनमा योगदानः १३%
जिल्लाहरुः सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा
संघीय निर्वाचन क्षेत्रः ३२
प्रदेश निर्वाचन क्षेत्रः ६४
स्थानीय निकायः १३६ (म.न.पा. १, उप म.न.पा. ३ , न.पा. ७३)
Location
PWGV+V2Q, Janakpur 45600, Nepal
Add a review