Description
द्वापर युगको महाभारतको कथासंगको सन्दर्भ जोडिएको एतिहासिक स्थल तथा पर्यटकीय, धार्मिक महत्व बाेकेकाे बर्जु तालको नामबाट यस गाउँपालिकाको नाम बर्जु गाउँपालिका रहन गएको हो । यस गाँउपालिकामा दन्तय कथा अनुसार पहाडबाट निस्केको एक दैता बाँध रहेको छ र त्यही नामको अधारमा एउटा गाँउ पनि दैता र एउटा पोखरी दैतापोखरी रहेको छ ।
ऎतिहसिक समतल भुभागको रुपमा रहेको नेपालको सबै भन्दा ठूलो १६० विगाहा क्षेत्रफलमा रहेको बर्जु ताल रहेको छ । स्थानीय बुढापाकाहरुको भनाई अनुसार बर्जु गाँउपालिकाको चिमडी बजार देखि २.५ किलोमिटर दक्षिणमा रहेको बिरजु थान र स्थानीय चिमडी बजार देखि १ किलोमिटर पश्चिममा रहेको बर्जु तालको नामाकरण बारे ऐतिहासिक किवदन्ती रहेको छ । बिरजु र बर्जु दुई दाजु भाई थिए । उनीहरुलाई एउटा दैवीशक्ति भएको र धामीझाक्री गर्थे । ती दुई दाजुभाईको ऐतिहासिक स्थानको रुपमा रहेको बिरजु थान र बर्जु ताल रहेको छ ।
Phone.: 9852088128
Email: info@barjumun.gov.np
Email: barjugaupalika@gmail.com
Email: ito.barjumun@gmail.com
Location
F77R+729, Biratnagar 56613, Nepal
Add a review