Description
ऐतिहासिक कालमा यो क्षेत्र घना जंगलले ढाकेको थियो । अहिले पनि राजमार्ग उत्तर क्षेत्र जंगलले नै ढाकिएको छ । पुराना बुढापाकाहरुको भनाई अनुसार त्यस समयमा यहाँको जंगल क्षेत्रमा प्रसस्त बेलको रुखहरु पाइने हुनाले कालान्तरमा यस क्षेत्रको नाम नै “बेलबारी” रहन गएको हो । अर्थात बेलै बेलको घारी भएको हुनाले यस भेगको नाम बेलबारी रहन गएको भन्ने भनाई रहिआएको छ । तर हाल भने यस भेगमा बेलको जंगल सामान्य मात्र रहेको पाईन्छ । नेपाल सरकारले २०७१ साल बैसाखमा साबिक बेलबारी र कसेनी गाउँ विकास समिति मिलाएर बनेता पनि पुन:२०७३ को राज्य पुर्नसंरचना पश्चात पुन यस नगरपालिकामा साबिक डाँगीहाट र बाहुनी गाउँ विकास समिति गाभिएर हालको संरचना बनेको हो । यस नगरपालिका हाल ११ वटा वडाहरुमा बिभाजन गरिएको छ । कुल १३२.७९ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो नगरको उत्तर तर्फ लेटाड. नगरपालिका र केरावारी गाउँपालिका पूर्वतर्फ कानेपोखरी गाउँपालिका, र लेटाङ नगरपालिका पश्चिम तर्फ सुन्दरहरैचा नगरपालिका र ग्रामथान गाउपालिका र दक्षिण तर्फ रंगेली नगरपालिका रहेका छन् ।
बेलबारी नगरपालिका
फोन नं : 021-434259, 021434290
प्रमुख प्रशासकीय अधिकृत : 9852064111
सचिवालय : 021-434213
बारुणयन्त्र : 021-434440
इमेल : info@belbarimun.gov.np
belbarimunmorang@gmail.com
ito1.belbarimun@gmail.com
Location
MC5C+46R, Belbari 56600, Nepal
Add a review