Description

मोरङको बेलबारी लगायतको विजयपुरमा विजयनारायण पछि पाल्पाली सेन राजा लोहांगसेनले कब्जा गरेपछि भने यो भेग पाल्पाली सेनहरूको अधीनमा पर्न पुग्यो । तत्काल पाल्पाली सेन राज्य विभाजन हुँदा नारायणी नदीदेखि पूर्वको मकवानपुर लोहांगसेनले भागीमा पाएको हुनाले यो भेग पनि मकवानपुरभित्र पर्थ्यो । यसै गरी अझ पछि भने हरिहर सेनका नाति विधाता इन्द्र सेनले मकवानपुरबाट विजयपुरलाई अलग्ग राज्य बनाएको हुँदा बेलबारी लगायतको स्थान विजयपुरको अभिन्न अङ्ग बन्न पुग्यो । सेन काल भन्दा अघि नै बेलबारीको सेनकीमा धनपाल नामका एक जना रजौटाले शासन गर्दथे । तिनको राजधानी र दरबारका अवशेषहरू अहिले पनि कसेनीमा रहेको छ । यसलाई स्थानीय मानिसहरूले संरक्षण गरेर राखेका छन्, जसलाई धनपालगढीका नामले जान्ने गरिन्छ । कालान्तरमा धनपालगढीको पतन भयो र धनपालको राज्य विजयपुरमा गाभियो । यता विजयपुर पनि स्थानीय रजौटाबाट सेनहरूको अधीनमा परेको देखिन्छ । यसै क्रममा वि.सं. १८३१ सालमा विजयपुर बृहत्तर नेपालमा गाभिएपछि भने बेलबारी पनि बृहत्तर नेपाभित्र पर्न पुग्यो । त्यसपछि बेलबारी भेग मोरङको एउटा भागका रूपमा रहन पुग्यो ।

Follow us
Not Available
Today's work schedule is not available
  • Monday

    10:00 am - 5:00 pm

  • Tuesday

    10:00 am - 5:00 pm

  • Wednesday

    10:00 am - 5:00 pm

  • Thursday

    10:00 am - 5:00 pm

  • Friday

    10:00 am - 5:00 pm

  • Saturday

    N/A

  • Sunday

    10:00 am - 5:00 pm

  • February 1, 2025 2:42 pm local time

Contact business

Error: Contact form not found.

mood_bad
  • No comments yet.
  • Add a review