Description

पिता विष्णुचरण श्रेष्ठ आफ्नी पत्नी कुमारी श्रेष्ठका साथ तत्कालीन माल अड्डाका जागिरे भई यहाँ आएको अवस्थामा युगकवि सिद्धिचरण श्रेष्ठको वि.सं १९६८ साल जेठ ९ गतेका दिन (साविक ओखलढुङ्गा गा.वि.स. वडा नं. ६ हाल सिद्धिचरण नगरपालिकाको वडा नं. १२ मा) जन्म भएको थियो उनी जन्मिएको स्थानको कि.नं. ३५ क्षेत्रफल ०–८–०–२ को जग्गा समेत हालसम्म उनकै नाममा नापी दर्ता कायम रहेको छ ।

तत्कालीन श्री ५ पृथ्वी नारायण शाहको एकीकरण अभियान पछि भीमसेन थापाको प्रशासनिक विभाजन अन्तर्गत ३२ जिल्ला मध्ये पूर्व ३ नं. को जिल्ला हालको ओखलढुंगा सदरमुकाममा पर्दथ्यो र वि.सं. २०१८ सालको प्रशासनिक विभाजन पूर्व हालको सोलुखुम्वू र खोटाङ्ग दिक्तेल जिल्ला समेत पूर्व नं. ३ ओखलढुंगामै पर्दथे ।

किम्वदन्ति अनुसार १७ औं शताव्दीतिर काठमाण्डौका मल्ल राजा लक्ष्मीनरसिंह मल्लको पालामा तत्कालीन राज्यको पूर्वीक्षेत्रको रक्षार्थ काजी भीम मल्लको नेतृत्वमा आएको सेनाले साविक ओखलढुङ्गा गा.वि.स. वडा नं.६ हाल सिद्धिचरण नगरपालिकाको वडा नं. १२ स्थित ओखल आकारको खोपिल्टोमा धान कुटी भात पकाएर खाएका थिए । सोही आधारमा यस ठाँउको नाम ओख्लीढुङ्गा भनिने गरिएकोमा पछि आएर यसलाई सुधारी ओखलढुङ्गा भनिएको र सोही ऐतिहासिक स्थानको आधारमा यस जिल्लाको नाम ओखलढुङ्गा रहन गएको हो भन्ने किम्वदन्ती रही आएको छ ।

भौगोलिक अवस्थिति र हावापानी : समग्र नेपालको मानचित्रमा २७० ६’ देखि २७० ३२’ उत्तरी अक्षांश देखि ८६० १०’ देखि ८६० ३२’ पूर्वी देशान्तर र समुद्री सतहदेखि सरदर १८४१ उचाईमा अवस्थित यस ओखलढुङ्गामा जिल्लाको सदरमुकाम र नगरपालिकाको केन्द्र रहेको छ ।

सिद्धिचरण नगरपालिका, नगर कार्यपालिकाको कार्यालय

प्रदेश नं १, ओखलढुंगा, नेपाल

कार्यालयकाे सम्पर्क नम्बर :

E-mail : info@siddhicharanmun.gov.np

Phone No. : 037-520213, 520625, 520683

Fax No. : 037-520051

Toll Free Number : 1660-37-52010

सूचना प्रबिधि शाखा :

E-mail : padam.kcp2014@gmail.com

Phone No. : 037-520051

Viber No. : 9851032715

Location

8G83+Q24 Siddhicharan 56100, Nepal

Contact business

Error: Contact form not found.

mood_bad
  • No comments yet.
  • Add a review