Search

कोशी प्रदेश सभा सचिवालय

Singhiya Pari, Kathari, Morang Biratnagar Metropolitan City Morang Koshi Province

हिमाल, पहाड र तराईसम्म फैलिएको कोशी प्रदेशमा झापा, इलाम, पांचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, सुनसरी, मोरङ, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर गरि जम्मा १४ वटा जिल्लाहरु पर्दछन् | यस प्रदेशको पुर्वतर्फ भारतको पश्चिमबंगाल र सिक्किम राज्य पर्दछन् भने दक्षिणतर्फ बिहार राज्य पर्दछ । यसै गरि उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत र पश्चिमतर्फ प्रदेश नं २ र प्रदेश नं ३ पर्दछन् । राष्ट्रिय जनगणना २०७८ अनुसार कोशी प्रदेशको जनसंख्या ४९,६१,४१२ रहेको छ, जसमध्ये पुरुषको संख्या २४,१७,३२८ (४८.७२ प्रतिशत) र महिलाको संख्या २५,४४,०८४ (५१.२८ प्रतिशत) छ । कोशी प्रदेशमा लैङ्गिक अनुपात (Sex Ratio) अर्थात प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.०२ रहेको छ । कोशी प्रदेशको जनगणना अवधिको वार्षिक औषत जनसंख्या वृद्विदर ०.८६ प्रतिशत रहेको छ । कोशी प्रदेशमा सबैभन्दा बढी बार्षिक औषत जनसंख्या वृद्धिदर भएको जिल्ला झापा (१.९७ प्रतिशत) र सबैभन्दा कम बार्षिक औषत जनसंख्या वृद्धिदर भएको जिल्ला खोटाङ (–१.५६ प्रतिशत) रहेका छन् । कोशी प्रदेशको नगरपालिकाहरुको जनसंख्या ६२.४ प्रतिशत रहेको छ भने गाउँपालिकाहरुको जनसंख्या ३७.६ प्रतिशत रहेको छ । कोशी प्रदेशका ५ वर्ष वा सो भन्दा बढी उमेरका कुल जनसंख्यामा साक्षरता दर ७९.७ प्रतिशत रहेको छ । पुरुषको साक्षरता दर ८६.१ प्रतिशत छ भने महिलाको साक्षरता दर ७३.६ प्रतिशत रहेको छ । कोशी प्रदेशमा १० वर्ष वा सोभन्दा बढी उमेरका ४१,२७,०९४ जना व्यक्तिहरु मध्ये ७१.० प्रतिशत आर्थिक रुपले सक्रिय र २८.९ प्रतिशत आर्थिक रुपले निष्क्रिय रहेका छन् जबकी आर्थिक रुपले सक्रिय वा निष्क्रिय अवस्था नखुलेका व्यक्तिहरुको संख्या ०.१ जना रहेका छन् । १० वर्ष वा सोभन्दा बढी उमेरका २९,३२,२०९ जना आर्थिक रुपले सक्रिय व्यक्तिहरुमध्ये २१,३४,८९१ जना (७२.८ प्रतिशत) अक्सर आर्थिकरुपले सक्रिय र ७,९७,३१८ जना (२७.२ प्रतिशत) अक्सर आर्थिक रुपले निष्क्रिय रहेका छन्  । १० वर्ष वा सोभन्दा बढी उमेरका २१,३४,८९१ जना अक्सर आर्थिकरुपले सक्रिय व्यक्तिहरु मध्ये २०,२४,००४ जना (९४.८ प्रतिशत) अक्सर रोजगार र १,१०,८८७ जना (५.२ प्रतिशत) अक्सर बेरोजगार रहेका छन् । कोशी प्रदेशमा आर्थिक काममा संलग्न २८,३४,०८८ मध्ये सबैभन्दा धेरै कृषि, वन र माछापालन क्षेत्रमा ६२.७ प्रतिशत रहेका छन् । थोक एवं खुद्रा व्यापारमा ११.१ प्रतिशत, निर्माणमा ७.० प्रतिशत, औद्योगिक उत्पादनमा ४.१ प्रतिशत र अन्य सेवामा सेवामा २.८ प्रतिशत जनसंख्या संलग्न रहेका छन् ।कोशी प्रदेशमा दश वर्ष वा सो भन्दा बढी उमेरका व्यक्तिहरु मध्ये कुनै पनि आम्दानी हुने वा नहुने आर्थिक काम नगरेका व्यक्तिहरु मध्ये सबैभन्दा धेरै ४५.७ प्रतिशतले विद्यार्थी भएका कारणले आर्थिक काम नगरेको देखिन्छ । आर्थिक काम नगरेका व्यक्तिहरु मध्ये घरधन्दा २०.९ प्रतिशत, बृद्ध अवस्था १२.७ प्रतिशत, पारिवारिक हेरचाह ७.२ प्रतिशत, अशक्त/बिरामी ३.९ प्रतिशत, पेन्सन/आयस्ता १.९ प्रतिशत, सामाजिक कार्य/स्वयंसेवा ०.३ प्रतिशत र अन्यमा ७.३ प्रतिशत रहेको छ । नेपालको संविधानको धारा 176 मा व्यवस्था भए बमोजिम गठित कोशी प्रदेशको प्रदेश सभा तथा यसको कामकारवाही सञ्चालन तथा व्यवस्थापन गर्न संविधानको धारा १९५ को उपधारा (२) मा व्यवस्था भए बमोजिम साविक जिल्ला विकास समिति, विराटनगरको भवनमा वि.सं. 2074 साल माघ १७ गते प्रदेश सभा सचिवालयको स्थापना भएको छ । वि.सं. २०७४ माघ २२ गते सभाको पहिलो बैठक बसी प्रदेश सभाको कार्य प्रारम्भ भएको थियो । प्रदेश सभा तथा प्रदेश सभा सचिवालयको सञ्चालन नेपालको संविधान, प्रदेश सभा नियमावली, २०७४ (संशोधन समेत), प्रदेश सभा नियमावली (संशोधन सहित), २०७४, प्रदेश सभा सचिवालय सञ्‍चालन ऐन, २०७६ र अन्य प्रचलित कानून बमोजिम हुँदै आएको छ । प्रदेश सभामा प्रथम हुने निर्वाचित हुने निर्वाचन प्रणालिबाट निर्वाचित ५६ जना र समानुपातिक प्रतिनिधित्वको आधारमा निर्वाचित हुने ३७ जना गरी जम्मा ९३ जना सदस्यहरु रहने व्यवस्था रहेको छ । प्रदेश सभाले दशवटा अधिवेशन सम्पन्न गरी आफ्नो पहिलो कार्यकाल पूरा गरेको छ । प्रदेश सभाको पहिलो कार्यकालको तेश्रो अधिवेशनबाट साविक प्रदेश नं. १ हाल कोशी प्रदेशको राजधानी मोरङ जिल्लाको बिराटनगरलाई तोकेको थियो भने । प्रदेश सभाको दोश्रो कार्यकालको पहिलो अधिवेशले यस प्रदेशलाई कोशी प्रदेश नामाकरण गरेको हो ।

Visitor : 158
  • Address
    Singhiya Pari, Kathari, Morang Biratnagar Metropolitan City Morang Koshi Province
  • Go to website

People are also looking for

कोशी प्रदेश सभा सचिवालय Janata Namuna Secondary School Biratnagar Municipality (महानगरपालिका)